वीरगन्ज,२कार्तिक:आज (आइतबार )सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनकाे मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ तय गरेको छ ।
यसअघि शुक्रबार सुन ताेलाकाे २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।

