Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडिअर्वाको रामजानकी मन्दिर पूजारीको कब्जाबाट मुक्त गराउन वडा कार्यालयले बोलायो `सार्वजनिक भेला´

वीरगन्ज,२४असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित रामजानकी मन्दिर फेरि पूजारीले कब्जामा लिने चलखेल गरेपछि स्थानी युवाहरुको आग्रहमा वडा कार्यालये सार्वजनिक भेला आह्वान गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कानुको समन्वयमा हालका कार्यवाहक वडाध्यक्ष सन्तोष जैशीले रामजानकी मन्दिरको संरक्षण र व्यवस्थापनका लागि छलफल गर्न शनिबार बिहान वडाबासीको सार्वजनिक भेला आह्वान गरेका हुन् ।
कार्यवाहक वडाध्यक्ष जैशीले जारी गरेको सार्वजनिक सूचनामा रामजानकी मन्दिर प्रांगणमै शनिबार बिहान ७ः३० बजे सार्वजनिक भेला आह्वान गरिएकाले उक्त भेलामा सहभागी भइदिन हुन वडा नम्बर १० का सम्पूर्ण वडाबासीसंग अनुरोधपनि गरेका छन् ।

आँफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले ३० वर्षदेखि मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरकै जग्गा अतिक्रमण गरि त्यसमा पक्की संरचनाको सटरहरु निर्माण गरि सटर भाडामा दिएर भाडा असुली गर्दै आएका थिए ।तर अढाई वर्षपहिले अर्थात २०७९ चैत २५ गते वीरगन्ज महानगरपालिकाले मन्दिरलाई बन्धक बनाएर निर्माण गरिएका पक्की संरचनाका सटरहरु भत्काएर मन्दिरलाई अतिक्रमणमुक्त बनाएर सौन्दर्यकरण गरेको थियो ।त्यसपछि सर्वसाधरणका लागि पूजापाठ र दर्शन गर्न मन्दिर खुल्ला भएको थियो ।

तर हालै भएको जेजनीको आन्दोलनका क्रममा मौका छोपेर तिवारीले तिवारीले मन्दिर फेरि आफ्नो कब्जामा लिनका लागि चलखेल गरेपछि घडिअर्वाका युवाहरुले असोज १६ गते मन्दिरमा पुगेर पूजारी तिवारीको प्रतिवाद गरेका थिए । त्यसक्रममा तिवारीले मन्दिर र मन्दिर भएको जग्गा आफ्नो निजी रहेको भन्दै युवाहरुलाई धम्क्याएपछ ियुवाहरुले असोज २१ गते भेला गरेर ११ सदस्यीय तदर्थ समिति गठन गरेका थिए।

त्यहि तदर्थ समितिले मन्दिर पुन कब्जामा पर्नबाट जोगाउनका लागि पहल गरिदिन भन्दै वडाध्यक्ष सुशील साह कानुलाई लिखित रुपमा आग्रह गरेपछि वडा कार्यालयले असोज २५ गते शनिबार बिहान मन्दिरकै प्रांगणमा सार्वजनिक भेला बोलाएको कार्यवाहक वडाध्यक्ष जैशीले बताए ।

२०७९ चैत २५ मा वीरगन्ज महानगरपालिकाले घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएको पक्की घर भत्काएर हटाएको थियो ।घडडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण त्यसदिन मेयर राजेशमान आफै पुगेर डोजर लगाएर हटाएका थिए ।त्यसपछि महानगरले मन्दिरमा सौन्दर्यकरण गरेर भारतबाट बहमुल्य भगवान् राम,सीता र हनुमानको मुर्ती ल्याएर राख्न लगाएको थियो ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको पक्की संरचना डोजर लगाएर भत्काएको थियोे ।

२०७९ फागुन ४ मा पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा २०७९ चैत २४ मा न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै त्यसको भोलिपल्ट नै मन्दिरको अतिक्रमण हटाइएको थियो ।

Related posts

जीतपुर गढीमाई मन्दिरमा दशैं मेलाको तयारी तीव्र

MadhesKhabar

ठाकुरराम क्याम्पसमा हुने स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ

MadhesKhabar

सरसफाइमा झन कठाेर बन्दै वीरगन्ज महानगर: एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

MadhesKhabar

Leave a Comment