वीरगन्ज,२३ असोज :विश्व दृष्टि दिवसको अवसरमा वीरगन्जको आदर्शनगरस्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा १ सय ५०जनाको आँखा चेकजाँच गरिएकोछ ।
“आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ बिहीबार आयोजित शिविरमा किरण आँखा अस्पतालका विशेषज्ञ चिकित्सक टोलीले शिविरमा आएकाहरुको आँखा परीक्षण गरेका हुन् । शिविरमा आँखा परीक्षण गराएकाहरुलाई चिकित्सकहरुले मोबाइल र कम्प्युटरको अत्याधिक प्रयोगले आँखा दृष्टिमा पर्ने असरबारे सचेत रहनपनि सुझाएका थिए ।
शिविर ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा आयाजना गरिएको थियो ।

