रौतहट,१९असोजः रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ६ः३० बजे चट्याङ लागेर कटहरिया नगरपालिका– २ हंथियाहिका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो ।
यसैगरी शनिबार दिउँसो नै ईशनाथ नगरपालिका ८ मनसरीका ४५ वर्षीय शेख जमरुलको पनि आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । साभारःअन्नपूर्णपोष्ट

