Madhes Khabar
स्थानिय

पर्साकाे जयमंगलापुरमा पुलमुनि एक युवक मृत फेला

तस्बिर :मनाेज पटेल ।

वीरगन्ज,१७असाेज:पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

 

वडा नम्बर ३ काे कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ रहेकाे झलमहिया र भिस्वा जाेड्ने सडकमा अवस्थित पुलमुनि खसेकाे अवस्थामा भारतीय नम्बर प्लेटकाे हाेण्डा साइन माेटरसाइकलसहित झलमहिया गाँउकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन्।

 

पुलमुनिकाे पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको माेटरसाइकलसंगै मृत भेटिएका ती युवककाे मृत्युको यकिन कारण अहिलेसम्म खुल्न सकेकाे छैन ।घटनास्थल र शवकाे प्रकृति हेर्दा माेटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्युु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको तर यकिन कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाेखिरियाकाे प्रहरी टाेली पुगेर अनुसन्धान गरिरहेकाे प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

Related posts

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो एसएसबीको चेकपोष्ट

MadhesKhabar

वीरगन्ज महानगरको पूर्वाधार विकास समितिको संयोजकमा मनोज यादव

MadhesKhabar

बारामा अमेरिकाबाट पार्सलमा आएको गाँजासहित तीन जना युवक पक्राउ

MadhesKhabar

Leave a Comment