Madhes Khabar
स्थानिय

पर्साकाे जयमंगलापुरमा पुलमुनि एक युवक मृत फेला

तस्बिर :मनाेज पटेल ।

वीरगन्ज,१७असाेज:पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

 

वडा नम्बर ३ काे कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ रहेकाे झलमहिया र भिस्वा जाेड्ने सडकमा अवस्थित पुलमुनि खसेकाे अवस्थामा भारतीय नम्बर प्लेटकाे हाेण्डा साइन माेटरसाइकलसहित झलमहिया गाँउकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन्।

 

पुलमुनिकाे पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको माेटरसाइकलसंगै मृत भेटिएका ती युवककाे मृत्युको यकिन कारण अहिलेसम्म खुल्न सकेकाे छैन ।घटनास्थल र शवकाे प्रकृति हेर्दा माेटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्युु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको तर यकिन कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाेखिरियाकाे प्रहरी टाेली पुगेर अनुसन्धान गरिरहेकाे प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

Related posts

नारायणी अस्पतालको फार्मेसीमा भएको करोडौंको हिनामिना पारियो थामथुम

MadhesKhabar

ठोरी नाकामा फेरि रोकियो भारतीय सवारीको प्रवेश,भारतीय पर्यटकहरु निराश

MadhesKhabar

गठबन्धनका मेयर उम्मेदवार राजेशमान भन्छन् – राजा बनेकाहरुलाइ यसपाली जनताले फाल्छन्

MadhesKhabar

Leave a Comment