Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो एसएसबीको चेकपोष्ट

वीरगन्ज,२८फाल्गुनः वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा गत असोज महिनादेखि स्थापना गरिएको भारतीय एसएसबीको चेकपोष्ट सोमबारदेखि हटाइएको छ ।

तेश्रो मुलुकका नागरिकको निगरानीकासाथै सुरक्षाका लागि भन्दै मितेरी पुलमै गत असोज ३ गतेदेखि एसएसबीको चेकपोष्ट स्थापना गरिएको थियो । एसएसबीको केन्द्रीय सर्कुलर अनुसार नै नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने आवश्यकता भएको भन्दै मितेरी पुलमा विगत पाँच महिनादेखि एसएसबीको चेकपोस्ट स्थापना गरिएको थियो ।

तर यसले पुल झन् सांघुरो भएको र त्यसले खासगरी नेपालबाट आउजाउ गर्ने यात्रुहरुलाई सास्ती भएपछि पुलबाट एसएसबीको चेकपोष्ट हटाउने निर्णय गरिएको एसएसबीका उच्च अधिकारीले बताएका छन् । अहिलेलाई मितेरी पुलबाट चेकपोष्ट हटायएपनि भविष्यामा आवश्यकता परेको खण्डमा पुन चेकपोष्ट राख्न सकिने एसएसबीका उच्च अधिकारीहरुको भनाई छ ।

मितेरी पुलमा एसएसबीको चेकपोष्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासकोपनि ध्यानाकर्षण गगराइएको थियो । महावाणिज्य दूतावासकै अग्रसरतामा दुवै देशका सुरक्षा अधिकारीबिच छलफल भएको र त्यसपछि मितेरी पुलबाट चेकपोष्ट हटाउन एसएसबी सहमत भएको छलफलमा सहभागी ग्रिनसिटी आदर्शनगर वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । छलफलमा एसएसबीका डीआइजी एस सुबरमनियम, कमाण्डेन्ट विकास कुमार र एन्एस महेरा, इन्स्पेक्टर मनोज कुमार शर्मा, पर्साका  प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, वडा प्रहरी कार्यालय बिर्ताका  प्रहरी निरीक्षक पुष्कर बोगटी, प्रहरी चौकी इनरुवाका प्रमुख वरिष्ठ सई तेज प्रताप सिंहलगायतको सहभागिता रहेको थियो ।

यता एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्माले दुवै देशका जनताबिचको रोटी–बेटीको सम्बन्धलाई मध्यनजर गर्दै हालका लागि मितेरी पुलबाट एसएसबीको चेकपोष्ट हटाउने निर्णय गरिएको बताए ।उनले भने,‘यदि भविष्यमा फेरि आवश्यकता पर्यो भने पोष्ट फेरि राख्न सकिनेछ ।

मितेरी पुलमा भारतबाट तर्फबाट स्थापना गरिएको एसएसबीको चेकपोष्टका कारण दुई देशबिचको जनस्तरको सम्बन्धमा असर पुगेको गुनासो आएपछि गत शनिबार मात्रै दिल्लीबाट एसएसबीका डिआइजी सुरेश सुब्रमण्यमले आँफै मितेरी पुलमा आएर निरिक्षण गरेका थिए । त्यसक्रममा उनले पर्साका सुरक्षा प्रमुख लगायतसंग भेटेर छलफलपनि गरेका थिए ।

त्यसअघि गत फाल्गुन तेश्रो साता मितेरी पुलमै एसएसबीको जवानले कुटपिट गरी एक नेपालीलाई घाइतेसमेत बनाएका थिए ।भारतको रक्सौलबाट एक बोरा चामल लिएर वीरगन्ज आउँदै गरेका वीरगन्ज १ छपकैयाका बलिराम साह सोनारलाई मितेरी पुलको चेकपोष्टमा खटिएका एसएसबीले दुब्र्यवहार गर्दै कुटपिट गरेका थिए । कुटपिटबाट साहको टाउको फुटेको थियो ।

Related posts

अध्यक्ष मेहताको हठका कारण पकहाँ मैनपुरका कर्मचारीहरुले ६ महिनादेखि पाएनन् तलब

MadhesKhabar

वीरगन्जकाे अवस्था सामान्य बनेपछि हटाइयाे निषेधाज्ञा

MadhesKhabar

पर्सा १ ले यसपाली नयाँ इतिहास रच्नेछ : प्रदीप यादव

MadhesKhabar

Leave a Comment