Madhes Khabar
काेशी प्रदेश

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

वीरगन्ज,१६असोजःझापामा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइतेपनि भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका वडा नम्बर ११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक मोरङको रंगेली नगरपालिका वडा नम्बर २ का ४२ वर्षीय राजकुमार चौधरी रहेका छन् ।

प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको यात्रुवाहक बस झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीमा बिहीबार बिहान ९ः३० बजेतिर अनियन्त्रित भई सडकबाट ५ मिटर तल पल्टिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते १३ जनाको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Related posts

सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीयकाे मृत्यु

MadhesKhabar

युवतीमाथि सामूहिक बलात्कार, एक बालकसहित तीन जना पक्राउ

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment