Madhes Khabar
काेशी प्रदेश

बसमा एसिड पोखिदा पाच जना घाइते

मधेसखबर
वीरगन्ज,०७असार : विराटनगरबाट मोरङको रंगेली तर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको यात्रुवाहक बसमा एसिड पोखिँदा पाँच जना घाइते भएका छन्।

प्रहरीकाअनुसार विराटनगर–रंगेली सडक खण्डअन्तर्गत मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा मंगलबार अपरान्ह दिउँसो ३ः३० बजेतिर उक्त घटना भएको हो ।
घटनामा मोरङको सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ की ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये दाहिने खुट्टा, अनुहार र घाँटीमा चोट लागेकी निताको अवस्था गम्भीर छ। एसिडका कारण अनुहार, खुट्टा, घाँटी, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका सबै घाइतेको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते अवस्थाका परियार बसका सहचालक हुन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यक्तिले बोतलमा बोकेको एसिड बसमा पोखिएको जानकारी दिए। उनका अनुसार चालकले बसमा अचानक ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि छचल्किएर पोखिँदा बसमा यात्रा गरिरहेकाहरुलाई एसिडले लागेको पाइएको छ।

घटनापछि एसिड बोकेर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने कटहरी–४ का अन्दाजी २५ वर्षीय राहुल साह फरार बनेका छन्। उनको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए। साह सुनचाँदी व्यवसायी हुन् कि हैनन् भन्ने पनि यकिन हुन बाँकी रहेको उनको भनाइ छ। साभार :अन्नपूर्णपोष्ट

Related posts

ब्राउन सुगरसहित बुबा–छोरा पक्राउ

MadhesKhabar

केपी ओलीको चुनाव खर्च १८ लाख ८२ हजार रुपैया मात्र

MadhesKhabar

सुनसरीमा गोली हानी एक युवकको हत्या

MadhesKhabar

Leave a Comment