विराटनगर,१२पुष:हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो ।
मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा साहकाे साथबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा साह हुण्डी काराेबारी जस्ताे देखिएकाे उनले बताए । ‘पक्राउ परेका व्यक्ति भरिया हाेइनन्,’ उनले भने , प्रारम्भिक अनुसन्धानका क्रममा यिनी आफै काराेबारी हुन जस्ताे देखिन्छ ।’साभार:अनलाइनखबरबाट

