Madhes Khabar
काेशी प्रदेश

जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

फाइल तस्बिर ।

झापा,२७वैशाख:झापामा जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । झापाको बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् ।

जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित ११ जना बालबालिका बिरामी परेका हुन् ।

बिरामीहरुलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिए ।

उनका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ । यसैबीच, प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ ।

Related posts

रामेछापमा बस दुर्घटना : १२ जनाको मृत्यु, ८ जना घाइते

MadhesKhabar

झापा ३ बाट राजेन्द्र लिङ्देन सर्वसम्मत सिफारिस

MadhesKhabar

युवतीमाथि सामूहिक बलात्कार, एक बालकसहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment