Madhes Khabar
काेशी प्रदेश

सुनसरीमा ट्रक दुर्घटना हुदाँ ५ जनाकाे मृत्यु

वीरगन्ज,१माघ:सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा बिहीबार ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० वर्षीय टङक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा बर्जु गाउँपालिका–१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन् ।

विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हाे ।

ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारकाे मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको खड्काले बताए ।

दुर्घटनामा घाइतेका भएकाहरुलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

बोलेरो दुर्घटना हुँदा वडा सदस्यसहित ३ जनाको मृत्यु

MadhesKhabar

ब्राउन सुगरसहित बुबा–छोरा पक्राउ

MadhesKhabar

Leave a Comment