Madhes Khabar
Uncategorized

वीरगन्जमा ‘डिजे डान्डिया विथ झिझियाँ नाइट सिजन–२’ भब्य रुपमा सम्पन्न

वीरगन्ज,१३असोजःवीरगन्जमा शनिबार युथ लिंक वीरगन्ज क्लबको आयोजना तथा व्यवस्थापनमा ‘डिजे डान्डिया विथ झिझिया नाइट सिजन–२’ भब्व्यतापूर्वक सम्पन्न भएको छ। रंगीन प्रकाश र संगीतको माहोलबीच भएको कार्यक्रममा सहरकै चर्चित नृत्य समूहहरुले आकर्षक प्रस्तुति दिएका थिए।

कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी तेजनारायण सुवेदीले गरेका थिए। उद्घाटन सत्रपछि सुरुवात भएको मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमले सहभागी तथा दर्शकलाई रमाइलोमा डुबाएको थियो।

सिटी डान्स एकेडेमी र नारायणी डान्स एकेडेमीका कलाकारहरुले समूह नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाएका थिए। साथै खुला डान्स फ्लोर, स्वादिला खानपान तथा भव्य मञ्चीय प्रस्तुतिले कार्यक्रममा सहभागी सबैलाई आकर्षित गरेको थियो।

युथ लिंक वीरगन्ज क्लबका अध्यक्ष अभिषेक सर्राफले सामाजिक र सांस्कृतिक कार्यक्रममार्फत युवाहरुलाई एकताबद्ध र सिर्जनशील बनाउने उदेश्यले कार्यक्रम गरिएको बताए।कार्यक्रम संयोजक अदित्य साह कानुले ‘डिजे डान्डिया विथ झिझिया नाइट’लाई आगामी दिनमा अझ ठूलो र व्यवस्थित रुपमा अघि बढाइने जानकारी गराए।

 

 

Related posts

उम्मेद्वारी (मनोनयन) दर्ताका लागि चाहिने आवश्यक कागजातहरु

MadhesKhabar

वीरगंज–२ घुसुकपुरमा विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश

MadhesKhabar

विराट काेहलीले ताेडे सचिन तेन्दुलकरकाे विश्व किर्तिमान

MadhesKhabar

Leave a Comment