Madhes Khabar
Uncategorized

विराट काेहलीले ताेडे सचिन तेन्दुलकरकाे विश्व किर्तिमान

वीरगन्ज,२९कार्तिक:भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुलकरको कीर्तिमान ताेडेका छन् । काेहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओैं शतक हान्दै सचिनको कीर्तिमान
ताेडेका हुन् ।

कोहलीले आइसिसी एक दिवसीय विश्वकपकाे पहिलाे सेमिफाइनलमा न्युजिल्यान्डविरुद्धकाे जारी खेलका
क्रममा काेहलीले १०८ बलमा शतक हान्दै सचिनको कीर्तिमान ताेडेका हुन् ।

सक्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि सचिनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए ।बुधबार न्युजिल्यान्ड विरुद्धको खेलमा एक सय रन पुरा गरेपछि काेहलीको शतक सङ्ख्या पनि ५० पुगेको छ ।

यसअघि गत आइतबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गर्दै काेहलीले सचिनकाे किर्तिमानसंग बराबरी गरेका थिए।

तयसअघि गत श्रीलङ्काविरुद्धको खेलमा विराट केवल १२ रनका कारण शतक पुरा गर्नबाट चुकेका थिए । उनी त्यो खेलमा ८८ रन बनाउँदै आउट भएका थिए ।

कोहलीले हालसम्म एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० र टेस्ट क्रिकेटमा २९ वटा शतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एक दिवसीय क्रिकेटलाई जोड्दा एक सय वटा शतक बनाएका छन् । सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् ।

Related posts

आईपीएलमा बेङ्गलुरुकाे विजयी सुरुवात

MadhesKhabar

भारतविरुद्ध नेपाललाई दाेस्राे सफलता, दिपेन्द्र र साेमपालले लिए १/१ विकेट

MadhesKhabar

ताेलामा २ हजारले बढ्याे सुनकाे मुल्य

MadhesKhabar

Leave a Comment