वीरगन्ज,३०भदाैं:जेनजी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिका कार्यालयमा घाइते भएकी नगर प्रहरीकाे वीरगन्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गरेकाे छ।
वीरगन्ज महानगरपालिकामा कार्यरत नगर प्रहरी जवान २४ वर्षीय अन्जली पटेलकाे वीरगन्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गरेकाे हाे।
गत मंगलबार भएको जेनजीकाे प्रदर्शनका दिन वीरगन्ज महानगरपालिका कार्यालयमा प्रदर्शनकारीहरुले ताेडफाेड र आगजनी गरेपछि दाेस्राे तल्लामा ड्युटीमा रहेकी प्रहरी जवान पटेलकाे बाहिरबाट भर्याङ् हालेर तल झारिएकाे थियाे।त्यसै क्रममा प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दा टाँउकाेमा ढुंगाले लागेर उनि गम्भीर घाइते भएकी थिइन्।
त्यसबेला पटेललाई त्यहाबाट उद्दार गरेर उपचारका लागि वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियाे ।
अस्पतालमा दुई दिन भर्ना गरेर पटेलकाे उपचार गरिएकाे र अवस्था सामान्य भएपछि बुधबार डिस्चार्ज गरिएको थियाे।नगर प्रहरी पटेलकाे उपचारका क्रममा लागेकाे सबै शुल्कका साथै ओैषधि शुल्कपनि अस्पतालले मिनाहा गरेकाे वीरगन्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए।

