Madhes Khabar
स्वास्थ्य हेडलाइन

पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन

काठमाडौ,६जेष्ठ:स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरियास्थित अस्पताललाई मन्त्री यादवले स्थानीयहरूको आग्रहअनुसार प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारलगायतका स्थानीयहरूले आइतबार मन्त्री यादवसँग मन्त्रालयमा भेट गरेर पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्दै पूर्वाधार विकास गर्नेदेखि सुविधाहरू थप गर्न आग्रह गरेका थिए ।

त्यहि आग्रहअनुसार मन्त्री यादवले पोखरिया अस्पताल स्तरोन्नति गर्ने काम अगाडि बढाउन मातहतका कार्यालय र निकायहरूलाई निर्देशन दिएको उनका उप-स्वकीय सचिव निखिल बर्णवालले जानकारी दिए ।

निर्देशन दिँदै मन्त्री यादवले भने – ‘गृह जिल्लास्थित पोखरिया अस्पताल स्तरोन्नति हुनुपर्छ भन्ने मेरो सुरुदेखिको लक्ष्य हो । यसका लागि समय – समयमा मैले पहल पनि गरेकै थिएँ । अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यो कामलाई अगाडि बढाउने निर्देशन दिएको छु । छिट्टै काम सुरु हुन्छ ।’

बर्णवालका अनुसार स्वास्थ्यमन्त्री यादवले पर्सा जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरूको पनि स्तरोन्नति गरिने बताए ।

भेटघाटका क्रममा पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीकी सह – अध्यक्ष रेणु यादवको पनि उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्ज नाका ३ दिन बन्द रहने

MadhesKhabar

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

MadhesKhabar

पर्सामा काँग्रेसले खोल्यो जितको खाता , प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

MadhesKhabar

Leave a Comment