Madhes Khabar
समाचार

वीरगन्जमा नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ हुदैं

वीरगन्ज,१३भदौं :मिडिया फर बोर्डर हार्माेनी नेपालको आयोजनामा नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५ वीरगन्जमा आयोजना हुदैंछ ।यही भदौं १४ गते शनिबारका दिन वीरगन्जको भिस्वा होटलमा आयोजना हुन लागेको नेपाल भारत क्रस बोर्डर मिडिया कन्क्लेभमा दुवै मुलुकका गरी ८० भन्दा धेरै पत्रकार तथा सञ्चारक्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

मिडिया फर बोर्डर हार्माेनी नेपालका अध्यक्ष अनिल तिवारीले कन्क्लेभमा दुवै मुलुकका सम्पादक,सञ्चारकर्मी, सञ्चारक्षेत्रका स्र्कलर, नीतिनिर्माता, डिजिटल कन्टेन्ट क्रियटर्सहरुको सहभागिता रहने जानकारी दिए ।‘‘दुवै मुलुक बीचका पत्रकारहरुबीच आपसी सहयोग र समझदारी बढाउनको लागि मिडिया कन्क्लेभले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्य उद्देश्य राखिएको छ,’’ उनले भने, ‘‘सञ्चारमाध्यम मार्फत दुवै देशको साझा हितलाई सुरक्षित गर्नेतर्फ पनि कोशेढुंगा सावित हुने विश्वास लिएका छौ ।’’

अध्यक्ष तिवारीले कन्क्लेभमार्फत नेपाल–भारत मिडिया नेटवर्क स्थापना गरी दुवै देशका पत्रकारबीच दीर्घकालिन र साझा हितमा आधारित सहकार्यलाई सहज बनाउन स्थायी संयन्त्रको रुपमा पनि अघि बढाउन यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको जानकारी दिए । मिडिया फर बोर्डर हार्माेनी भारतको पनि विशेष संयोजनमा कन्क्लेभ हुन लागेको उनले बताए ।

मिडिया फर बोर्डर हार्माेनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सञ्चारमाध्यमले सार्वजनिक विचार निर्माण गर्ने र कूटनीतिक दृष्टिकोणलाई पनि उजागर गर्ने भएकाले पनि भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पु¥याउने विश्वास लिएको बताए ।

‘‘नेपाल र भारतबीच सदियौदेखि सांस्कृतिक,ऐतिहासिक,भाषिक र सामाजिक–आर्थिक आयाममा आधारित रहँदै आइरहेको छ,’’ उनले भने,‘‘ खुला सीमा नाका र जनस्तरमा ‘रोटी र बेटी’को आत्मिय सम्बन्धले दुवै देशबीचको सम्बन्धलाई थप अद्वितीय बनाएको छ ।’’ उनले दुवैमुलुकबीच सुरक्षा सम्बन्धि चुनौतीहरु, क्षेत्रीय,आर्थिक, सामाजिक तथा भुराजनीतिक मुद्धाहरु एक आपसमा गहिरो रुपमा जोडिएकाले पनि दुवै मुलुकबीच दीर्घकालिन साझेदारमा आधारित भएर काम गर्न आवश्यक भएको बताए ।

Related posts

सिर्सिया नदीको प्रदुषण र क्यासिनोको अवैध धन्दा रोक्न प्रधानमन्त्रीसंग पर्साका सांसद पन्तको माग

MadhesKhabar

वीरगन्जबाट हुण्डीको ४१ लाख नगद सहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

बाराकाे काेल्हबीमा मृत भेटियाे जंगली हात्ती

MadhesKhabar

Leave a Comment