Madhes Khabar
कृषि

वीरगन्जमा जापानीज इन्सेफलाइटिसको संक्रमण नियन्त्रण अभियान :पशुपन्छी फार्ममा विशेष अनुगमन

वीरगन्ज,१३भदौंःपछिल्लो समय जापानीज इन्सेफलाइटिस संक्रमण बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

महानगरको वडा नमबर १९ बरवा र वडा नमबर २२ मनियारीका सुँगुर तथा बंगुर फार्ममा गरिएको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ। अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा, वन–पर्यावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो।

सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमुत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन पशुपालक किसानहरुलाई आग्रह गरिएको छ। साथै फार्मभित्र बाहिरी व्यक्तिको आवागमन नियन्त्रण, पशुपन्छीलाई स्वच्छ वातावरण उपलब्ध गराउने र दैनिक सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको हो।

जोखिमपूर्ण क्षेत्रमा रहेका दलित बस्तीहरूमा समेत जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जहाँ स्थानीयलाई सामूहिक सरसफाइमा सहभागी हुन र लामखुट्टे नियन्त्रणमा प्रत्यक्ष सरोकारवाला बन्न प्रेरित गरिएको थियो।

महानगरका मेयर राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै नियमित रूपमा औषधि छर्किने र फार्मस्तरमा सरसफाइ अनुगमनलाई तीव्रता दिइएको जानकारी दिए।

अनुगमन टोलीमा पशु चिकित्सक डा. सुदिप कुमार शर्मा, वातावरण शाखाका प्रकाश ऐर र महानगर प्रहरी निरीक्षक हरि भुषाल सहभागी थिए।

Related posts

पर्सामा मलकाे कालाेबजारी: बड्निहारबाट २७ बाेरा मल सहित २ जना पक्राउ

MadhesKhabar

वीरगन्ज महानगरले आयाेजना गरेकाे बाली उपचार शिविरबाट किसानहरु लाभान्वित

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment