Madhes Khabar
मधेस प्रदेश

राैतहटमा सुटकेसभित्र महिलाकाे शव भेटियाे

राैतहट,८भदाैं:रौतहटमा सडकमा फालिएको सुटकेसभित्र महिलाको शव बरामद भएको छ।

शनिबार राति १०:३० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोडनजिक संदिग्ध सुटकेस फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरिका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ। अपरिचित व्यक्तिले नामथर खुल्न नसकेको महिलाको हत्या गरी सुटकेसमा बन्द गरेर सडकपेटीमा फालेर फरार भएका छन्।

शव सुटकेसबाट प्रहरीको मुचुल्का टोलीले झिकेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गिरिले बताए ।

Related posts

रौतहट : विवाह भएको ६ महिनामै महिलाको मृत्यु, दाइजोको निहुँमा हत्या गरिएको आशंका

MadhesKhabar

मधेसको वनमन्त्रीमा साह नियुक्त

MadhesKhabar

मधेस सरकारबाट बाहिरियाे जनमत पार्टी

MadhesKhabar

Leave a Comment