Madhes Khabar
स्वास्थ्य

मन्त्री यादवको निर्देशनमा हैजा प्रभावित वीरगन्जमा पानी परीक्षणका लागि विभागबाट टोली परिचालन

वीरगन्ज, ७ भदौं : खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा वीरगन्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको छ ।

वीरगन्जमा झाडापखाला र हैजाका बिरामीहरुको संख्या बढ्दै गएपछि मन्त्री वीरगन्जमा खानेपानी परिक्षणका लागि आवश्यक सामग्री सहितको मोबाईल भ्यान टोली खटिएको र टोलीले पानी परिक्षणको काम सुरु गरिसकेको मन्त्री यादवले बताए ।
उनले भने,‘तराई–मधेस सहित वीरगन्ज क्षेत्रमा खानेपानीको समस्या छ । यति बेला वीरगन्जमा हैजाका बिरामीहरू देखिनु निकै चिन्ताको विषय हो । हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न टोली खटाएका छौँ ।’

मन्त्री यादवले हैजा नियन्त्रणका लागि सरकार पूर्णरूपमा संवेदनशील रहेकोपनि बताए । हैजा प्रभावित वीरगन्जको मूर्ली र नारायणी अस्पतालमा शनिबार आँफै पुगेर निरीक्षण गरेका छन् । नारायणी अपस्तामा पुगेर मन्त्री यादवले त्यहाँ उपचार गराई रहेका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको अवस्थाको अध्ययन गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

मन्त्री यादवले स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि प्रभावकारी उपायहरू तत्काल लागू गर्न निर्देशनपनि दिए । प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने सम्भावना भएकाले पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली तत्कालै वीरगन्ज पठाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘मन्त्रीज्यूको निर्देशनपश्चात हामीले विभागबाट समग्री सहितको हाम्रो प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ । टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्यहरू सुरु गरिसकेको छ ।’

 

Related posts

नारायणी अस्पतालमा दलाल र बिचौलियाविरुद्ध कडाइ गर्न सांसद कानुले सीडीओसंग गरे छलफल

MadhesKhabar

पर्साको भेडिहारीमा निशुल्क आँखा शिविर सम्पन्न

MadhesKhabar

वीरगन्जको घण्टाघर चोकमा आयाोजित निःशुल्क शिविरबाट १०३ जना लाभान्वित

MadhesKhabar

Leave a Comment