Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा दलाल र बिचौलियाविरुद्ध कडाइ गर्न सांसद कानुले सीडीओसंग गरे छलफल

वीरगन्ज,१० चैत : पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगन्जको नारायणी अस्पतालमा विद्यमान बेथितीका बारेमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसंग छलफल गरेका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारी दाहालकै कार्यकक्षमा भएको छलफलमा नवनिर्वाचित सांसद कानुले नारायणी अस्पतालमा बिचौलीया र दलालहरुको बिगबिगी रहेको र त्यसको प्रत्यक्ष मारमा बिरामीहरु परिरहेकाले तत्काल यसबारेमा कडा कदम चाल्न प्रजिअ दाहालको ध्यानाकर्षण गराए।

उनले अस्पताल परिसरमा दलाल तथा बिचौलियाको सक्रियता बढ्दै गएको, विभिन्न प्रकारका शल्कृयामा नाममा बिरामीलाई कमिसनका लोभमा डाक्टरहरुले निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर ।केही निजी अस्पतालले एम्बुलेन्स चालक मार्फत बिरामीलाई प्रभावित पार्ने र दलाली मार्फत रेफर गर्ने गतिविधि भइरहेको उल्लेख गर्दै कानुले यस्ता गैरकानुनी कार्य तत्काल रोक्न कडा कदम चाल्न प्रजिअ दाहाललाई आग्रह गरे ।

“सरकारी अस्पतालमा चिकित्सक समयमा नआउने, पूरा ड्युटी अवधिभर नबस्ने जस्ता गतिविधिले सेवाग्राही प्रत्यक्ष मारमा परेका छन्,” सांसद कानुले भने, “यसलाई नियन्त्रण गर्न नियमित अनुगमन र कडाइ आवश्यक छ ।”उाले छठ पर्वका बेलापनि छठघाट वरपर माछा मासु बिक्री भइरहेको प्रति आपत्ति जनाउदैँ धार्मिक आस्था र सामाजिक सद्भावलाई सम्मान गर्दै हरेक वर्ष छठ पर्वका बेला यस्ता गतिविधि तत्काल बन्द गराउन मागपनि गरे ।

गर्मी मौसमसँगै बढ्ने आगलागी लगायतका विपद् व्यवस्थापनका तयारीबारे पनि प्रजिअ दाहालसंग छलफल गर्दै सांसद कानुले सम्भावित विपद्लाई मध्यनजर गर्दै दमकल, पानीको स्रोत, उद्धार टोली र आवश्यक उपकरणको पर्याप्त व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले सांसद कानुले ध्यानाकर्षण गराएका विषयहरुप्रति आँफु सकारात्मक रहेको भन्दै आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता जनाए।

उक्त छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधिर पटेल, मुर्ली जलान, रास्वपाका क्षेत्रीय सभापति फैयाज मिया, प्रकाश साह लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

MadhesKhabar

एसईईको पहिलो दिनबाटै थालियो उत्तरपुस्तिका परीक्षण

MadhesKhabar

पर्सामा बागी उम्मेदवारी दिएकाहरु जसपाबाट निश्कासीत

MadhesKhabar

Leave a Comment