Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडीअर्वाको ब्रम्ह बाबा मन्दिरमा मूर्ती स्थापनाका लागि भव्य कलश यात्रा

मधेसखबर
वीरगन्ज,१९ बैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडीअर्वास्थित ब्रम्ह बाबाको मन्दिरमा जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठानका लागि मंगलबार भव्य कलश यात्रा निकालिएको छ ।

ब्रम्ह बाबाको मन्दिरमा चाँदीबाट निर्मित जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठान् बुधबार गरिने भएकोले त्यसको एकदिन पहिले आज मंगलबार भव्य कलश यात्रा निकालिएको हो ।

मंगलबार बिहान घडीअर्वा पोखरीबाट कलशमा जल भरेर सुरु भएको कलश यात्रा माइस्थान , आदर्शनगर , अलखीयामठ हुदै ब्रम्ह बाबा मन्दिरमा पुगेर पूजापाठ गरि सम्पन्न भएको स्थानीय सोनालाल साह कानुले जानकारी दिए ।

कलश यात्रामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुका साथै महिला , युवती , किशोरीका साथै सयौं भक्तजनहरुको सहभागीता थियो ।

हिन्दु धर्मावलम्बीहरुको अगाध आस्थाका रुपमा रहेका ब्रम्ह बाबा मन्दिरको वडावासी आफैले आर्थिक सहयोग संकलन गरि सौन्दर्यकरण गर्नुका साथै चाँदीको मुर्ती स्थापना गर्न लागेका हुन् । मन्दिरमा यसअघि भएको मुर्ती चोरी भएपछि वडावासीले नयाँ मुर्ती स्थापना गर्न लागेको स्थानीय युवा मनोहर साहले बताए ।

Related posts

गढीमाई मन्दिरमा भक्तजनको सुनको सिक्री चोर्ने पर्साका ३ जना चोर पक्राउ

MadhesKhabar

पर्सा ४ मा कसले मगायो भारतबाट रुख छाप नभएको १५ हजार फर्जि मतपत्र ?

MadhesKhabar

वीरगन्ज महानगरकाे नाममा विद्यार्थीलाई ठग्ने मोदी इन्स्टिच्युटका सञ्चालक पक्राउ

MadhesKhabar

Leave a Comment