Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडीअर्वाको ब्रम्ह बाबा मन्दिरमा मूर्ती स्थापनाका लागि भव्य कलश यात्रा

मधेसखबर
वीरगन्ज,१९ बैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडीअर्वास्थित ब्रम्ह बाबाको मन्दिरमा जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठानका लागि मंगलबार भव्य कलश यात्रा निकालिएको छ ।

ब्रम्ह बाबाको मन्दिरमा चाँदीबाट निर्मित जाट जाटीन भगवानको मुर्तीको प्राण प्रतिष्ठान् बुधबार गरिने भएकोले त्यसको एकदिन पहिले आज मंगलबार भव्य कलश यात्रा निकालिएको हो ।

मंगलबार बिहान घडीअर्वा पोखरीबाट कलशमा जल भरेर सुरु भएको कलश यात्रा माइस्थान , आदर्शनगर , अलखीयामठ हुदै ब्रम्ह बाबा मन्दिरमा पुगेर पूजापाठ गरि सम्पन्न भएको स्थानीय सोनालाल साह कानुले जानकारी दिए ।

कलश यात्रामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुका साथै महिला , युवती , किशोरीका साथै सयौं भक्तजनहरुको सहभागीता थियो ।

हिन्दु धर्मावलम्बीहरुको अगाध आस्थाका रुपमा रहेका ब्रम्ह बाबा मन्दिरको वडावासी आफैले आर्थिक सहयोग संकलन गरि सौन्दर्यकरण गर्नुका साथै चाँदीको मुर्ती स्थापना गर्न लागेका हुन् । मन्दिरमा यसअघि भएको मुर्ती चोरी भएपछि वडावासीले नयाँ मुर्ती स्थापना गर्न लागेको स्थानीय युवा मनोहर साहले बताए ।

Related posts

बाराको पचरौता नगरपालिकाकाले एमबीबीएस पढ्ने दुई विद्यार्थीलाइ दियो जनही १० लाख

MadhesKhabar

वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द

MadhesKhabar

पर्सागढीको प्राथमिक स्वास्थ्य केन्द्र लथालिङ्ग,बिरामीहरु वीरगन्ज धाउन बाध्य

MadhesKhabar

Leave a Comment