Madhes Khabar
राजनीति

मन्त्री यादवको पहलमा पर्साका दर्जनौ नेताकार्यकर्ता जसपामा प्रवेश

वीरगन्ज,७ भदौं :पर्साको बहुदरमाई नगरपालिका निवासी रामविजय यादवको नेतृत्वमा एक दर्जन भन्दा बढी व्याक्तिहरु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगन्जमा शनिबार आयोजित एक कार्यक्रममा विभिन्न दल परित्याग गरी यादवसहितका नेताकार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् । जसपाका उपमहासचिव तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले नवप्रवेशीहरुलार्य गम्हछा ओढाएर पार्टीमा स्वागत गरे ।

त्यस अवसरमा मन्त्री यादवले जसपा नृपालप्रति पछिल्लो समयमा जनलहर बढ्दै गएको बताए । जनताको सुख–दुःखमा सदैव साथ दल जसपा नै भएकाले पछिल्लो समय विभिन्न दल परित्याग गरी जसपामा प्रवेश गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको उनले बताए।

उक्त कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष सिंगासन साह तेली,जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपाका नेताहरु मुकेश द्धिवेदी,विपिन यादव,मस्तकिम अन्सारी लगायतकाको सहभागिता थियो ।

 

Related posts

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम : मधेसी र मुस्लिमतर्फ को को परे ?

MadhesKhabar

पर्सा-४ मा कांग्रेसबाट घिमिरेलाई उम्मेदवार बनाउन केन्द्रीय समितिमा सिफारिस

MadhesKhabar

एनसेल बिक्रीमा जालझेल भएको सांसद यादवको आरोप

MadhesKhabar

Leave a Comment