Madhes Khabar
मधेस प्रदेश

रौतहटमा गाँजा सेवनका क्रममा विवाद हुदाँ छुरा प्रहार गरी युवकको हत्या

सांकेतिक फोटो ।

रौतहट,४भदौं :रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। यमुनामाई गाउँपालिका वडा नम्बर –५ का २२ वर्षीय सहाबुद्धिन मियाँको छुरा प्रहार गरि हत्या गरिएको हो ।

बुधबार दिउँसो गौर नगरपालिका वडा नम्बर ५ गौरीशंकर क्याम्पस अगाडि गौर–३ का सनोज रामले सहाबुद्धिनमाथि छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

प्रहरीका अनुसार, मियाँ र रामबीच लागूऔषध गाँजा सेवन गर्ने क्रममा भनाभन भएपछि रामले सहाबुद्धिनमाथि छुरा प्रहार गरेका थिए।

घटनास्थलबाट गाँजा सेवन गर्न प्रयोग हुने वाटर गनसमेत बरामद गरेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए। प्रहरीले छुरा प्रहार गरेको आरोपमा रामलाई पक्राउ गरिसकेको भन्दै गिरीले यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Related posts

मधेसका मन्त्रालय र स्थानीय तहमा गरिएकाे बजेट रकमान्तरमा दुई मन्त्रीकाे चलखेल

MadhesKhabar

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

MadhesKhabar

मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

MadhesKhabar

Leave a Comment