Madhes Khabar
समाज

वीरगन्जको बुद्धनगर टोलमा खानेपानीका लागि उपकार सेवाद्वारा ४ सय मिटर पाइप सहयोग

वीरगन्ज, ३ भदौं : उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बुद्धनगर टोलमा स्थानीयलाई खानेपानी आपुर्तिका लागि प्लाष्टिकको पाइप सहयोग गरेको छ ।

बुद्धनगर टोलमा दुई महिनादेखि चापाकल सुकेर खानेपानीको संकट झेलिरहेका स्थानीयलाई सहजताका लागि २ इन्चको ४ सय मिटर कालो पाइप उपकार सेवा नेपालले सहयोग गरेको हो ।उपकार सेवा नेपाल वीरगन्जकी अध्यक्ष विद्या कुमारी सरावगीले मंगलबार बुद्धनगर टोलमा पुगेर पाइप प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

त्यसअवसरमा उपकार सेवा नेपालका सदस्य सुमन बगेडिया,सामाजिक अभियन्ता प्रकाश थारु, स्थानिय रुपलाल साह ,अनवारुल हक,प्रमोद चैधरी ,मुकेश कुश्वाहा लगायतकोपनि उपस्थिति रहेको थियो।

Related posts

अस्पतालको शैयाबाट दाईको अपिल : पैसा नहुदाँ भाईको उपचार गर्न सकिएन, सहयोग गरिदिनुस्

MadhesKhabar

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

MadhesKhabar

तरुण दलकाे स्थापना दिवसमा कलैया अस्पतालमा फलफूल वितरण र सरसफाई

MadhesKhabar

Leave a Comment