Madhes Khabar
समाज

वीरगन्जको बुद्धनगर टोलमा खानेपानीका लागि उपकार सेवाद्वारा ४ सय मिटर पाइप सहयोग

वीरगन्ज, ३ भदौं : उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बुद्धनगर टोलमा स्थानीयलाई खानेपानी आपुर्तिका लागि प्लाष्टिकको पाइप सहयोग गरेको छ ।

बुद्धनगर टोलमा दुई महिनादेखि चापाकल सुकेर खानेपानीको संकट झेलिरहेका स्थानीयलाई सहजताका लागि २ इन्चको ४ सय मिटर कालो पाइप उपकार सेवा नेपालले सहयोग गरेको हो ।उपकार सेवा नेपाल वीरगन्जकी अध्यक्ष विद्या कुमारी सरावगीले मंगलबार बुद्धनगर टोलमा पुगेर पाइप प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

त्यसअवसरमा उपकार सेवा नेपालका सदस्य सुमन बगेडिया,सामाजिक अभियन्ता प्रकाश थारु, स्थानिय रुपलाल साह ,अनवारुल हक,प्रमोद चैधरी ,मुकेश कुश्वाहा लगायतकोपनि उपस्थिति रहेको थियो।

Related posts

वीपीसी कलेजका विधार्थीहरु सामाजिक सेवामा सकृय : १ सय ४४ जनाद्वारा रगतदान

MadhesKhabar

बाराको निजगढमा गाडीको ठक्करबाट आचार्यको मृत्यु

MadhesKhabar

प्रभु हस्पिटलकाे रक्तदान कार्यक्रममा ५४ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment