Madhes Khabar
मधेस प्रदेश

रौतहट :पानी तान्ने क्रममा करेन्ट लागेर साउनमा मात्रै ४ जनाले गुमाए ज्यान

रौतहट,३१साउनः रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु हुने घटना बढ्दो छ । विद्युतीय सुरक्षामा सावधानी नअपनाउँदा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको हो ।

किसानहरूले धानमा विद्युतीय मोटरमार्फत पानी लगाउने क्रममा साउन महिनाभित्र ४ जनाको ज्यान गएको छ । गत बिहीबार दिउँसो परोहा नगरपालिका ६ बसन्तपट्टी टोलका १६ वर्षीय राहुल कुमार पण्डितको करेन्ट लागेर मृत्यु भयो । यसअघि माधव नारायण ४ बिसनपुर्वा मानपुरका रामबाबु मुखिया, कटहरीया नगरपालिका २ जमुनिया टोलका मोक्तार देवान र मौलापुर नगरपालिका ८ सोनरनियाका गोलु भन्ने नरेन्द्र पटेलको पहिलो हप्तासम्म सिँचाइको क्रममा करेन्ट लागेर ज्यान गुमाउनु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरिले जानकारी दिए ।

विद्युतीय तार र मेशिनको मर्मत सम्भारमा लापरबाही, माटोमा भिजेको अवस्थामा काम गर्ने, र विद्युतीय लाइन काट्न आवश्यक उपकरणको अभावले दुर्घटनाको जोखिम बढाएको प्रहरी उपरीक्षक गिरी बताउँछन्।

त्यस्तै, गत आर्थिक वर्ष २०८१/०८२ मा करेन्ट लागेर मधेस प्रदेशमा १ सय १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरै पुरुष ८४ जना छ्न भने महिला १८ जना,बालक १३ र बालिका चार जना रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।साभारःअन्नपूर्णपोष्ट

Related posts

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

रौतहटमा गरिबहरुका लागि घर बनाइ दिने भन्दै रकम असुल्ने गिरोह पक्राउ

MadhesKhabar

सिरहामा दुई वटा मोटरसाइकल ठोक्किदा तीन युवकको मृत्यु

MadhesKhabar

Leave a Comment