वीरगन्ज,२८साउनःखानेपानीको अभाव झेलिरहेका वीरगन्ज महानगरपालिका वडा नम्बर १५ र १६ का दलित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले बाल्टीन् वितरण गरेको छ । दलित परिवारहरुलाई पानी सुरक्षित रूपमा संकलन र भण्डारण गर्न सहयोग पु–याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले बाल्टिन वितरण गरेको हो।
बाल्टी वितरण कार्यक्रममा रेडक्रस सोसाइटी पर्सा शाखाका विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, निमित्त कार्यालय प्रमुख वीरशम्सेर प्रसाद कुर्मी, स्वयंसेवक राजु साह, अरविन्द पटेल,सन्तोष पटेल लगायतकाकोपनि सहभागिता थियो ।

