Madhes Khabar
समाज

सुवर्णपुरकाे मन्दिरमा वीरगन्ज महानगरपालिकाले उपलब्ध गरायाे खानेपानीकाे पाइप

वीरगन्ज,९पुष:वीरगन्ज महानगरपालिकाले पर्साकाे ठाेरी गँउपालिका वडा नम्बर ५ सुवर्णपुरमा अवस्थित भीमसेन मन्दिरमा खानेपानी आपूर्तिका लागि पाइप सहयाेग गरेकाे छ।

मन्दिर परिसरमा खानेपानीकाे आपूर्तिका लागि पाइप आवश्यक भएकाे र त्यसका लागि नेवा देय् दवु सुवर्णपुरले आग्रह गरेपछि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहकाे निर्देशनमा महानगरपालिकाले पाइप सहयाेग गरेकाे हाे।मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले साेमबार मन्दिर परिसरमै नेवा दय् दवुका अध्यक्ष चन्द्रबहादुर नेवारलाई कालाे पाेलिथिन पाइप ५० एमएमकाे ७ सय मिटर , ३२ एमएमकाे १ सय मिटर र रिडर १ थान हस्तान्तरण गरे।

मन्दिर परिसरमा खानेपानीकाे समस्या भएकाे र सहयाेगका लागि आग्रह आएपछि महानगरका मेयर सिंहकाे निर्देशनमा महानगरपालिकाले पाइप र रिडर उपलब्ध गराएकाे मेयर सिंहका स्वकीय सचिव घिमिरेले बताए।

Related posts

पर्सागढी नगरपालिकाको चार वटा वडामा कांग्रेसले गर्यो वृक्षारोपण

MadhesKhabar

रौतहट : बोक्सीको आरोपमा दलित महिलालाई मलमूत्र खुवाइएको घटना सार्वजनिक

MadhesKhabar

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment