Madhes Khabar
समाचार

बहुविवाह सम्बन्धीको विधेयक प्रतिनिधिसभामा पेस हुँदैन : कानुनमन्त्री चाैरसिया

फाइल तस्बिर ।

काठमाडौं,२१साउन : कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पार्ने गरी प्रतिनिधिसभा बैठकमा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कानुनमन्त्री चौरसियाले उक्त विधेयक सदनमा पेस नहुने बताएका हुन्।

 

उनले भने,’समाजमा नकारात्मक असर पार्नेगरी तथा सामाजिक मूल्य मान्यताप्रति प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायत कुनै पनि विधेयक प्रतिनिधिसभा पेस नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

उनले बहुविवाहका सम्बन्धमा आएको संशोधन व्यवस्था,विवाहको उमेर सम्बन्धी व्यवस्था,अग्रिम जमानतसम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने सजाय माफी,मुल्तबी वा दण्ड सजाय परिवर्तन सम्बन्धी व्यवस्थाबारे थप छलफल गरेर संशोधन–परिमार्जन हुने विश्वास व्यक्त गरे।

मन्त्री चौरसियाले उपसमितिले सम्बन्धित मन्त्रालयसँग राय–सल्लाह लिएर आवश्यक छलफल गरी विधेयकलाई संशोधन–परिमार्जन गर्ने बताए।उनले सामाजिक व्यवस्थामा खलल पुर्‍याउने गर्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने बताए।

सरकारले बहुविवाहलाई प्रोत्साहन गर्न नयाँ कानुन ल्याउन लागेको भन्दै संसद भित्र र बाहिर विरोध सुरू भएको छ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

वीरगन्जमा पनि मनाइयो पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती

MadhesKhabar

बारामा विषालु सर्पले डस्दा एक वृद्धको मृत्यु

MadhesKhabar

वीरगन्जमा तस्करी गरि ल्याइएको १९ लाखको मोबाइल र घडीसहित एक भारतीय पक्राउ

MadhesKhabar

Leave a Comment