Madhes Khabar
समाचार

बारामा विषालु सर्पले डस्दा एक वृद्धको मृत्यु

सांकेतिक फोटो

बारा, ७ जेष्ठ : बारामा विषालु सर्पले डस्दा एक जना वृद्धको मृत्यु भएको छ । सर्पको डसाईबाट मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर ९ तेर्सो लाईन टोलका ७२ वर्षिय विष्णु पौडेल रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ आफ्नै घर पछाडिको बारीमा गएको बेला पौडेललाइ विषालु सर्पले डसेको थियो । सर्पले डसेलगत्तै पौडेललाई उपचारको लागि निजगढ बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएपनि चिकित्सकले पौडेललाई मृत घोषणा गरेका थिए ।

Related posts

हत्यारालाई कारबाहीको माग गर्दै चक्काजाम

MadhesKhabar

पर्सामा फेरि अर्का ३२ वर्षिय युवा गाउपालिका अध्यक्षमा निर्वाचत

MadhesKhabar

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” काे सन्देश पनि दिन्छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment