Madhes Khabar
समाज

वीरगन्जको उपकार सेवा नेपालद्वारा राममन्दिर जेष्ठ नागरिक समूहलाई ५ थान पंखा सहयोग

वीरगन्ज,२०साउनःवीरगन्जको परोपकारी संस्था उपकार सेवा नेपालले चितवनको माडी नगरपालिका–९ गणेशकुञ्जामा रहेको राममन्दिर जेष्ठ नागरिक समूहलाई ५ थान पंखा सहयोग गरेको छ। जेष्ठ नागरिकहरूले भजनकीर्तन गर्ने स्थानमा पंखाको अभाव भएकोले सहयोगको आग्रह आएपछि उक्त संस्थाले पाँच थान प्रदान गरेको हो ।

गणेशकुञ्जस्थित राममन्दिरसँगै रहेको जेष्ठ नागरिकहरूको विश्रामस्थलमा पंखाको व्यवस्था मिलाइदिन माडी–९ का वडाअध्यक्ष धनश्याम दवाडीले आग्रह गरेपछि जेष्ठ नागरिकले गर्मीको समयमा भोग्नुपरेको असहज अवस्थालाई सहज बनाउन विभिन्न दाताबाट प्राप्त ५ थान पंखा सहयोगस्वरूप उपलब्ध गराइएको संस्थाकी अध्यक्ष सरावगीले बताइन्।

उपकार सेवा नेपाल वीरगन्जकी अध्यक्ष विद्यादेवी सरावगीले गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक तोयनाथ अधिकारी र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका सदस्य विष्णुप्रसाद अधिकारीलाई ती पंखाहरू हस्तान्तरण गरेकी हुन् ।

पंखा हस्तान्तरण कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, समाजसेवी प्रकाश थारु, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, रेडियो नेपालका मधेस ब्युरो प्रमुख ध्रुव अधिकारी , भानुभक्त अधिकारी लगायतकाको उपस्थिति रहेको थियो।

Related posts

पोखरियामा मोतियाबिन्दु रोगको शल्यकृया गराएका ५३ जनालाई बाँडियो कम्बल

MadhesKhabar

वीरगन्जका समाजसेवी अग्रवालले विपन्न बिरामीलाई निशुल्क रगतको लागि गरे आर्थिक सहयोग

MadhesKhabar

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

MadhesKhabar

Leave a Comment