वीरगन्ज,९कार्तिक : वीरगन्जका व्यपारी एंव समाजसेवी नवनित अग्रवालले वीरगन्ज रक्त सञ्चार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।रक्त सञ्चार केन्द्रमा रगतका लागि आउने बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि समाजसेवी अग्रवालले केन्द्रलाई २१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
अस्पतालमा उपचाररत बिरामीको उपचार आवश्यक रगत लिन आउने बिरामीका आफन्त वा कुरुवासंग रक्त सञ्चार केन्द्रले रगतको ग्रुपीङ,क्रस म्याचिङ र रगत राख्ने पोकाको शुल्क बापत प्रति पिन्ट १ हजार ५० रुपैयाँ लिने गरेको छ । तर कतिपय बिरामीको आर्थिक अवस्था निक्कै कमजोर हुने हुदाँ त्यस्ता बिरामीको उपचारमा रगत आवश्यक पर्दा उनका कुरुवा र आफन्त केन्द्रमा गएर त्यहाँ लाग्ने शुल्क तिर्न समस्यामा पर्ने गरेका छन् ।
त्यस्ता गरिब बिपन्न बिरामीहरुलाई केन्द्रबाट कुनैपनि शुल्क नलिई निःशुल्क रगत उपलब्ध गराउनका लागि समाजसेवी अग्रवालले २१ हजार रुपैयाँ केन्द्रलाई सहयोग गरेका हुन् । बुधबार अग्रवालले आफना कर्मचारी विवेक पटेललाई रक्त सञ्चार केन्द्रमा पठाएर उक्त रकम प्रदान गर्न लगाएको नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।
विभिन्न चाडपर्वमा तथा अस्पतालमा उपचाररत गरिब बिपन्नहरुलाई अन्य समयमापनि आर्थिक सहयोग गर्दै आएका अग्रवालले निःशुल्क रगत उपलब्ध गराउन आगामी दिनमापनि रक्त सञ्चार केन्द्रलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धतापनि जनाएको श्रीवास्तवले बताए ।

