Madhes Khabar
समाज

वीरगन्ज महानगरले बनाइदियो प्रगती आदर्श क्लबको भवन, मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,१७ साउनःवीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगरमा प्रगती आदर्श युवा क्लबको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले क्लबो नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

वीरगन्ज–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारका अनुसार,प्रगतीनगरमा महानगरपालिकाकै स्वामित्वमा रहेको सार्वजनिक जग्गामा महाननगर पालिकाले २० लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्जका युवाहरु नै आफ्नो उर्जाको प्रमुख श्रोत रहेको बताए । त्यसैका कारण युवाहरुको चाहना अनुसार महानगरपालिकाले क्लबको भवन निर्माण गरिदिएको भन्दै उनले क्लबको भवन बनेपछि खेलकुदमा स्थानीय युवाहरुको सकृयता बढ्ने विश्वास लिएको बताए ।

कार्यक्रममा क्लबले भवन निर्माणमा योगदान पुर्याए बापत महानगरका मेयर सिंह, वडाध्यक्ष स्वर्णकार लगायतलाई मायाको चिन्हो प्रदान गर्दै सम्मानितपनि गरेको थियो ।

क्लबका अध्यक्ष सोभेन्द्र यादवको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष स्वर्णकार,वडा सदस्यहरु कलाम मियाँ ठकुराई ,राजिव श्रेष्ठ, बरकतुन नेशा, संगीता दास लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

२० औं वार्षिक उत्सवमा रेडियो वीरगन्जले शनिबार वृहत्त रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

गाईको मासु काट्दै गरेका ६ जना पक्राउ

MadhesKhabar

Leave a Comment