Madhes Khabar
समाज

वीरगन्ज महानगरले बनाइदियो प्रगती आदर्श क्लबको भवन, मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,१७ साउनःवीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगरमा प्रगती आदर्श युवा क्लबको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले क्लबो नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

वीरगन्ज–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारका अनुसार,प्रगतीनगरमा महानगरपालिकाकै स्वामित्वमा रहेको सार्वजनिक जग्गामा महाननगर पालिकाले २० लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्जका युवाहरु नै आफ्नो उर्जाको प्रमुख श्रोत रहेको बताए । त्यसैका कारण युवाहरुको चाहना अनुसार महानगरपालिकाले क्लबको भवन निर्माण गरिदिएको भन्दै उनले क्लबको भवन बनेपछि खेलकुदमा स्थानीय युवाहरुको सकृयता बढ्ने विश्वास लिएको बताए ।

कार्यक्रममा क्लबले भवन निर्माणमा योगदान पुर्याए बापत महानगरका मेयर सिंह, वडाध्यक्ष स्वर्णकार लगायतलाई मायाको चिन्हो प्रदान गर्दै सम्मानितपनि गरेको थियो ।

क्लबका अध्यक्ष सोभेन्द्र यादवको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष स्वर्णकार,वडा सदस्यहरु कलाम मियाँ ठकुराई ,राजिव श्रेष्ठ, बरकतुन नेशा, संगीता दास लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

प्रेस युनियनको स्थापना दिवसमा नारायणी अस्पतालका २०० बिरामीलाई फलफुल वितरण

MadhesKhabar

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

इनिशाको न्यायका लागि वीरगन्जमा भएको प्रदर्शनमा युवतीहरुको माग :‘बालेन दाई,बलात्कारीलाई फाँसी देऊ’

MadhesKhabar

Leave a Comment