Madhes Khabar
समाज

प्रेस युनियनको स्थापना दिवसमा नारायणी अस्पतालका २०० बिरामीलाई फलफुल वितरण

वीरगन्ज,१८जेठःनेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा वीरगन्जको नारायणी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल प्रेस युनियन पर्साले नारायणी अस्पतालमा भर्ना भइ उपचाररत दुई सय जना रिबामीहरुलाई फलफुल वितरण गरिएको हो ।

प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा आइतबार अस्पातलको प्रसुती वार्ड, मेडिसिन वार्ड, आइसियु वार्ड, सिसियु वार्ड,पोष्टअप वार्ड, सर्जिकल वार्ड लगायतका वार्डमा गरि दुई सय जना बिरामीलाई फलफुल वितरण गरिएको प्रेस युनियन पर्साका अध्यक्ष्ँ विजय महतोले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको विशिष्ट आतिथ्यतामा भएको फलफुल वितरण कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी,नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल,नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदनारायण सिंह, प्रेस युनियन पर्साका हुकुम सिंह,नुर आलम, सन्जय गुप्ता, क्रान्ति शाह,शेष हजरा लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

ठोरीको आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

वीरगन्ज हेल्थ केयर हस्पिटलको सहयोगमा अपांगता भएका ४ जनालाई ह्वील चेयर वितरण

MadhesKhabar

पर्साको सखुवा पर्साैनीमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा ५५ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment