Madhes Khabar
समाज

पर्साको सखुवा पर्साैनीमा काँग्रेसले आयोजना गरेको कार्यक्रममा ५५ जनाले गरे रगत दान

प्रमोद यादव
वीरगन्ज, साउन ११ : पर्साको सखुवापर्साैनी गाउँपालिका वडा नम्बर २ मा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

४० औँ बि.पि.स्मृति दिवसको अवसरमा नेपाली काङ्रेस जिल्ला कार्य समिति पर्साको सहकार्यमा नेपाली काँग्रेस सखुवाप्रसौनी गाउँपालिका कार्य समितिले आयोजना गरेको कार्यक्रममा २ महिला सहित ५५ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा संगिता चौधरी , ललिता झा , रवी प्रसाद , त्रिभुवन दास , धर्मेन्द्र दहित , शैलेन्द्र यादव , श्रीनिवास सहनी ,राजु दास थारु लगायत रहेका छन् ।

जयराम महतोको अध्यक्षतामा भएको रगतदान कार्यक्रममा प्रमुख अतिथि पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी , पार्टिका जिल्ला सचिब दिनेश चौधरी, जिल्ला सदस्य चन्द्रकिशोर चौधरी र शैलेन्द्र यादव, नेपाली काँग्रेसकी प्रदेश सदस्य एव् पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु लगायतको पनि उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको सहजिकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Related posts

पर्साकाे महुवनमा दलितमाथि कुटपिट : दलित आयोगको टोली घटनास्थलमा, पीडित परिवारसंग भेटघाट

MadhesKhabar

पर्साकाे इटियाहीस्थित विद्यालयका १३४ विद्यार्थीलाई स्विटर र जुत्ता वितरण

MadhesKhabar

गाँउघरमै उद्यम गरेर राम्रो आम्दानी गर्दैछन् मधेसका युवा र महिलाहरु

MadhesKhabar

Leave a Comment