Madhes Khabar
स्थानिय

पर्सा जिल्ला अदालतमा ५७ प्रतिशत मुद्दा फर्छ्यौट

वीरगन्ज,२साउनः पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा करिब ५७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार गत आर्थिक वर्षमा अदालतले ५७ दशमलव २९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।

पर्सा जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरी आएका ६ हजार ९२, गत आर्थिक वर्षमा नयाँ दर्ता भएका ८ हजार २ सय ३९ गरी १४ हजार ३ सय ३१ मुद्दा रहेकामा ती मध्ये ७ हजार २ सय ३९ मुद्दा फछ्र्यौट भएको छ । अदालतको लक्ष्य ९ हजार ४ सय ९१ वटा मुद्दा फछ्र्यौट गर्ने थियो ।

गत आर्थिक वर्षमा २ वर्ष नाघेका १ हजार ८ सय ९ मध्ये ३ सय ३४ वटा मात्र मुद्दा अब फछ्र्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत आर्थिक वर्षमा फरक मुद्दा व्यवस्थापन प्रणाली अन्तर्गतका सबै मुद्दा फछ्र्यौट गर्न सफलता मिलेको मल्लिकले बताए ।

तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्षयता सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको मुख्य मल्लिकले दाबी गरे । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४० दशमलव २, आर्थिक वर्ष २०७७/७८ मा ४० दशमलव ४४, आर्थिक वर्ष २०७८/७९ मा ४६ दशमलव ०६, आर्थिक वर्ष २०७९/८० मा ४६ दशमलव ९६ र गत आर्थिक वर्ष २०८१/८२ मा ५७ प्रतिशत २९ प्रतिशत मुद्दा आव भएको छ ।शंकर आचार्य/इकान्तिपुर

Related posts

बारामा प्रहरीले ५०० देखि १००० घुस माग्ने गरेको बाराका ट्याक्टर व्यवसायीको आरोप

MadhesKhabar

वीरगन्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

MadhesKhabar

ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन

MadhesKhabar

Leave a Comment