वीरगन्ज,२साउनः पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा करिब ५७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार गत आर्थिक वर्षमा अदालतले ५७ दशमलव २९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
पर्सा जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरी आएका ६ हजार ९२, गत आर्थिक वर्षमा नयाँ दर्ता भएका ८ हजार २ सय ३९ गरी १४ हजार ३ सय ३१ मुद्दा रहेकामा ती मध्ये ७ हजार २ सय ३९ मुद्दा फछ्र्यौट भएको छ । अदालतको लक्ष्य ९ हजार ४ सय ९१ वटा मुद्दा फछ्र्यौट गर्ने थियो ।
गत आर्थिक वर्षमा २ वर्ष नाघेका १ हजार ८ सय ९ मध्ये ३ सय ३४ वटा मात्र मुद्दा अब फछ्र्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत आर्थिक वर्षमा फरक मुद्दा व्यवस्थापन प्रणाली अन्तर्गतका सबै मुद्दा फछ्र्यौट गर्न सफलता मिलेको मल्लिकले बताए ।
तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्षयता सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको मुख्य मल्लिकले दाबी गरे । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४० दशमलव २, आर्थिक वर्ष २०७७/७८ मा ४० दशमलव ४४, आर्थिक वर्ष २०७८/७९ मा ४६ दशमलव ०६, आर्थिक वर्ष २०७९/८० मा ४६ दशमलव ९६ र गत आर्थिक वर्ष २०८१/८२ मा ५७ प्रतिशत २९ प्रतिशत मुद्दा आव भएको छ ।शंकर आचार्य/इकान्तिपुर

