Madhes Khabar
खेलकुद

श्रीलंकामाथि नेपालको सानदार जित

काठमाडौं,१साउनः साफ यु–२० महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकाविरुद्ध नेपालले सानदार जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो।

पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान २÷२ गोल गरे। पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले १–१ गोल गरे।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पनि श्रीलंकालाई नै ७–० ले हराएको थियो ।नेपालले अर्को खेल भुटानसँग शनिबार खेल्नेछ।नेपालले लिगको अन्तिम खेल घरेलु मैदान बङ्गलादेशसँग खेल्नेछ।

Related posts

लखनउसंग चेन्नईकाे फराकिलो हार

MadhesKhabar

टी-२० विश्वकपकाे सुपर-८ : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डकाे फराकिलाे जित

MadhesKhabar

करैयामाई गोल्डकप फुटबलकाे उपाधि वीरगन्ज सिटीले जित्याे

MadhesKhabar

Leave a Comment