वीरगन्ज,२३असार:पर्साकाे ठोरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएकाे अनुमानित बजेट साेमबार बसेकाे गाँउसभा बैठकले सर्वसम्मतिले पारित गरेकाे छ।
गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न गाउँसभा बैठकले बजेट सर्वसम्मतिले पारित गरेको हाे ।
गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले प्रस्तुत गर्नुभएको ५१ करोड ५४ लाख ६४ हजार ८ सय ५२ रुपैयाँ बराबरको बजेटमाथि विस्तृत छलफलपछि गाउँसभा सदस्यहरूले बजेटको प्राथमिकता, स्रोत परिचालन, क्षेत्रगत विनियोजन तथा विकासको दृष्टिकोणप्रति सहमति जनाउँदै सर्वसम्मत अनुमोदन गरेका हुन् ।
गाँउसभाअबैठकमा गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले पारित बजेट समावेशी, सन्तुलित र जनमुखी भएको उल्लेख गर्दै आगामी वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र विपद् व्यवस्थापनमा केन्द्रित गरिने जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष रेग्मीले प्रस्तुत बजेट नीति तथा कार्यक्रमअनुरूप विकासका बहुआयामिक पक्षलाई समेट्ने खालको रहेको स्पष्ट पारिन् । उनले महिलामैत्री, बालमैत्री, अपांगता र वृद्धजन लक्षित कार्यक्रमसमेत बजेटमा समावेश गरिएको उल्लेख गरिन् ।
जिल्ला समन्वय समिति पर्साकी सदस्य सुशीला विकको प्रमुख आतिथ्यतामा सम्पन्न गाँउसभा बैठकमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा,वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतकाकाे सहभागीता थियो ।साभार:रेडियाे विजयवस्ती

