काठमाडौं,१९असारः १० दिनअघि बढेको अन्डाको भाउ भोलि(शुक्रबार)देखि लागु हुने गरी फेरि बढाइएको छ ।नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।