Madhes Khabar
समाचार

बाराका कांग्रेस नेता तथा संविधानसभा सदस्य यादवकाे निधन

बारा,१८असार:बाराका नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए ।

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए ।यादव २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।

उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए । उनका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिने परिवारजनले जनाएको छ ।

Related posts

दुई कराेडकाे अफिमसहित सिमराबाट २ जना पक्राउ

MadhesKhabar

नक्कली डीएसपी पक्राउ

MadhesKhabar

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

Leave a Comment