Madhes Khabar
समाचार

नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं,१४असारः नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए। नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए। उनले गैरआवासीय नागरिकलाई नागरिकता प्रदान गर्ने सम्बन्धमा छुट्टै कानुन बनाइने उल्लेख गरे।

प्रतिनिधिसभाका बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ। आइतबार बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ।

Related posts

पर्साकाे कल्याणपुरबाट तीन थान गाेलिया काठसहित एक जना पक्राउ

MadhesKhabar

वीरगन्जका सञ्चारकर्मी सर्राफसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही सुरु

MadhesKhabar

वीरगन्जमा तस्करीको १० लाखको औषधिसहित अटो चालक पक्राउ (भिडियोसहित)

MadhesKhabar

Leave a Comment