Madhes Khabar
समाचार

वीरगन्जमा तस्करीको १० लाखको औषधिसहित अटो चालक पक्राउ (भिडियोसहित)

वीरगन्ज,१२बैशाखःवीरगन्जबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ मूल्यको औषधि बरामद गरेको छ ।भारतबाट अटोमा अवैध रुपमा (तस्करी गरेर) ल्याउँदै गरिएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवास्थित सडकबाट बरामद गरेको हो ।

उक्त औषधिसहित ना २ स १०१७ नम्बरको अटोको चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाईपनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।साथै औषधि तस्करी गर्ने कार्यमा संलग्न भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलपनि नियन्त्रणमा लिइएको सिंहले बताए ।

बरामद औषधिको ९ लाख ६० हजार तथा अटो र मोटरसाइकलको ६ लाख गरेर कूल १५ लाख ६० हजार रुपैयाँ मूल्यांकन गरेर अटो चालक कानुसहितलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

 

Related posts

वीरगन्ज महानगरपालिकाले आज श्वेतपत्र जारी गर्दै

MadhesKhabar

भ्रम र अफवाहबाट बच्न एमाले नेता यादवको आग्रह, बेल्वामा कार्यकर्ता भेला

MadhesKhabar

४० लाख बढी मूल्यको कपडासहितका दुई वटा गाडी पर्सा प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment