Madhes Khabar
खेलकुद

नेपालले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने

काठमाडौं,१३असारः नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा नर्दन टेरिटोरी (एनटी) क्रिकेट २०२५ को टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ । यो सिरिजका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा छानिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
टप इन्ड टी–२० सिरिज आउँदो अगस्ट १४ देखि २४ तारिकसम्म अस्ट्रेलियाको डार्विनमा हुनेछ । आउँदो वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि नेपाली टोली अस्ट्रेलिया जाने भएको हो ।

टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुँदैछ । एशिया छनोटबाट ३ वटा टोली विश्वकपमा पुग्नेछन् । एशिया छनोटमा नेपालसँगै आयोजक ओमान, जापान, कुवेत, मलेशिया, पपुवा न्यु गिनी, कतार सोमाओ र यूएई सहभागी हुनेछन् ।

अहिले आईसीसी टी–२० वरीयताको १८औं स्थानमा रहेको नेपाली टोली अगस्टको शुरूमा डार्विन जानेछ । यो सिरिजमा नेपालले अस्ट्रेलियाका क्लबसँग कम्तीमा ६ खेल खेल्नेछ । सिरिजको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ ।

Related posts

टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका,श्रीलंका,नेदरल्यान्डस् र बंगलादेशसंग खेल्ने

MadhesKhabar

एसिया कपकाे उद्घाटनमा नेपाल र पाकिस्तान भिड्ने

MadhesKhabar

आईपीएल अक्शन : श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा पञ्जाबले किन्यो

MadhesKhabar

Leave a Comment