Madhes Khabar
कृषि

बाराको पचरौता नगरपालिकाले तिरीदियो किसानहरुले प्रयोग गरेको विधुतको महशुल

तस्बिर : नूरआलम बादशाह/पत्रकार

बारा,१३असारःबाराको पचरौता नगरपालिकाले कृषि विद्युत महशुल अनुदान कार्यक्रम अन्तर्गत पालिकाभरका किसानले प्रयोग गरेको करिब ४८८ लाख रुपैयाँ बराबरको महशुल विद्युत प्राधिकरणलाई तिरिदिएको छ।

पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले शुक्रबार आफ्नै कार्यकक्षामा नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ़ वितरण केन्द्रका प्रमुख तैययब अन्सारीलाई बोलाएर किसानले प्रयोग गरेको विद्युत महशुल बापतको ४७ लाख ६४ हजार ६ सय २० रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन्।

पचरौता नगरपालिकाको समृद्धि र विकासका लागि कृषि क्षेत्रलाई अघि बढाउन र ग्रामीण क्षेत्रको सन्तुलित विकास गर्नका लागि चुनावमा आँफुल् गरेको प्रतिबद्धता पूरा गर्न बाँकी रहेको विद्युत महशुलको रकम बुझाएको मेयर सिंहले बताए । आउने वर्षमापनि कृषिलाई आधुनिकीकरण गर्न आवश्यक उपकरण र बजारीकरणका लागि नगरपालिकाले गृहकार्य गरिरहेको उनले जानकारी गराए।

चेक हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त जोशी, पालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखाका सहायक मुकेश कुमार सिंह स्थानीय समाजसेवी प्रभु ठाकुर लगायतकाको पनि उपस्थिति रहेको थियो।

Related posts

पटेर्वा सुगौली गाँउपालिका आँफैले तरकारीको बेर्ना उत्पादन गरेर किसानलाई बाँड्दै

MadhesKhabar

युरिया मल वीरगन्ज भित्रिन थाल्यो

MadhesKhabar

सरकारले बढायो रासायनिक मलको मूल्य (बढेकाे मुल्यसुची सहित)

MadhesKhabar

Leave a Comment