Madhes Khabar
स्वास्थ्य

नेशनल मेडिकल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई गरियो स्वागत

वीरगन्ज,१३असारःवीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्नातकोत्तर (पिजी) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कलेजकै सभाकक्षमा आयोजित कायर्यक्रममा पिजी अध्ययनका लागि भर्ना भएका ५३ वटा विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्राध्यापक डा. जैनुद्धिन अन्सारीले भर्ना भएका विद्यार्थीहरुलाई लगनशील र मेहनतका साथ अध्ययन गर्न सुझाए । पछिल्लो समय नेपालको चिकित्सा शिक्षा गुणस्तरीय र प्रतिष्पर्धात्मक भएको बताउँदै उनले विद्यार्थीहरुले स्नातकोत्तर तहमा झनै मेहनत गरेर अध्ययन गर्नुपर्ने बताए । आफुले ५० वर्षअघि अध्ययन गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै नै सुधार र फरक भइसकेको जनाउँदै प्रा.डा. अन्सारीले त्यसबेला स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु पनि कम हुने स्मरण गराए ।

विगत एक दशक यता नेपालमै मेडिकल शिक्षा सर्वसुलभ हुँदा हरेक मेडिकल शिक्षा लिने महिला विद्यार्थीहरुको संख्या बढ्दै गएको भन्दै उनले भने, ‘अहिले सर्जरी र एनेस्थेसिया अध्ययन गर्न महिला विद्यार्थीहरु बढिरहनु भएको छ, रातभर अप्रेसन कक्षमा बसेर काम गरिहनु भएको छ । यो गर्व गर्न लायक विषय हो ।’

प्रा.डा. अन्सारीले पिजी विद्यार्थीहरुले ३ वर्ष गर्ने मेहनत, लगनशीलताले उनीहरुको भविष्य निर्धारण गर्ने बताउँदै कुनैपनि रोगको पहिचान र उपचार गर्न बिरामी प्रति गम्भिर र संवेदनशील भएर लाग्नुपर्ने बताए । ‘अबको ३ वर्ष तपाईहरुले गर्ने अध्ययन, बिरामी प्रति देखाउने व्यवहारले तपाईहरुको भविष्य कस्तो हुन्छ निर्धारण गर्दछ । यसकारण आफ्नो पेशा प्रति गम्भिर बन्नुस, मेहनत गर्नुस्, बिरामीहरु प्रति जिम्मेवार भएर प्रस्तुत हुनुहोस् । नेशनल मेडिकल कलेज तपाईहरुको अध्ययन, अध्यापनमा सदैव सकारात्मक सहयोग गर्न तत्पर रहन्छ,’उनले भने ।

कार्यक्रममा कलेजकी प्रबन्ध निर्देशक शाहनावाजÞ अन्सारीले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने बताइन् । पछिल्लो समय नेपालको स्वास्थ्य सेवाको विषयहरु कडा बन्दै गइरहेको र कतिपय केसहरु अदालतमा समेत पुगिरहेकोले बिरामीहरुको उपचारमा कुनैपनि लापरवाही, हेलचेक्र्याई नगरी अगाडी बढ्न उनले सुझाव दिइन् ।

कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा. के एन सिंह ,मार्केटिंग तथा अडमिसन निर्देशक आबिद हुसैन अंसारी ,अस्पताल निर्देशक डा. इसरत जहाँ अंसारी, भाइस प्रिन्सिपल डा. रवि शंकर गुप्ता , भाइस प्रिन्सिपल बि डी एस प्रो.डा. सरोज प्रसाद देव , नर्सिङ निर्देशक प्रो.गंगा गुरुङ , भाइस प्रिन्सिपल नर्सिङ प्रो.डा.बबिता सिंह , प्रमुख पिजी संयोजक प्रो.डा.रवि कुमार शाह लगाएत पिजी फेकेल्टीका प्रमुखहरु उपस्थिति रहेको थियो ।

 

Related posts

ठोरीका स्वास्थ्यकर्मी दिपेन्द्र कार्की राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानीत

MadhesKhabar

धाेबीनी गाँउपालिकाकाे छैठाैं गाउँसभा : ३३ कराेड ७३ लाखकाे बजेट प्रस्तुत

MadhesKhabar

चिकित्सक संघको मधेस प्रदेश संयोजकमा डाक्टर निरज सिंह

MadhesKhabar

Leave a Comment