Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज नाकामा भेटिए दुई जना कोरोना संक्रमित

फाइल तस्बिर ।

वीरगन्ज,११असारः वीरगन्ज नाकामा झण्डै डेढ वर्षपछि पुन कारोना संक्रमित भेटिएका छन् ।भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्ज–१६ इनर्र्वास्थित शंकराचार्य प्रवेशद्वारामा सञ्चालित कोभिड हेल्थ डेस्कमा भइरहेको परिक्षणमा असार महिना सुरु भएयता दुई जना बालकामा कोरोनाको संक्रमण भेटिएको वीरगन्ज महानगरपालिकाको कार्यालय स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरले बताए ।

उनका अनुसार, कोरोना संक्रमण पुष्टि भएका दुवै बालक भारतीय हुन् ।भारतको बिहार राज्यको छौडादानोका १४ वर्षीय र बिहारकै मोतिहारीको पिपराका १४ वर्षियमा कोरोना संक्रमण पुष्टि भएको ठाकुरले बताए ।

भारतबाट नेपाल प्रवेशका क्रममा हेल्थ डेस्कमा स्वास्थ्य जाँचका क्रममा असार ३ गते छौडादानका र असार ७ गते पिपराका बालकमा कोरोना पोजेटिभ पाइएको ठाकुरले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई नेपाल प्रवेश गर्न नदिई भारततर्फ नै फिर्ता पठाइएको ठाकुरले बताए ।

पछिल्लो केहि महिना यता भारतको विभिन्न राज्यमा पुन कोरोना संक्रमितहरु प्mेला पर्न थालेपछि वीरगन्ज नाकामा रहेको हेल्थडेस्कमा भारतबाट प्रवेश गर्नेहरुको स्क्रिनिङ् गर्न थालिएको हो । त्यसैक्रममा दुई जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको ठाकुरले बताए ।

हेल्थ डेस्कमा विशेष गरी भारतबाट लामो यात्रा गरि नेपाल आउनेहरुको कोरोना स्क्रिनिङ् गर्ने गरिएको उनले बताए । स्क्रिनिङका क्रममा रुघाखोकी र ज्वरो लागेकाहरुको मात्रै एन्टिजेन किटबाट स्वास्थ्य परीक्षण गर्ने गरिएको ठाकुरले बताए ।

ठाकुरका अनुसार, वीरगन्ज नाकामा यसअघि पछिल्लो पटक २६ पुष २०८० मा एक नेपाली र एक भारतीय गरि दुई जनामा कोरोना संक्रमण भेटिएको थियो ।

Related posts

पर्सा क्षेत्र २ का उम्मेदवार चोरसिया र कुर्मीद्वारा चुनावी प्रचार प्रसार जारी

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

वीरगन्जमा अनुमति बेगर सञ्चालित कलेजहरुको बिगबिगी, ८ वटामा महानगरले गर्यो सिलबन्दी

MadhesKhabar

Leave a Comment