Madhes Khabar
राजनीति

वीरगन्न्जमा कांग्रेसले मधेस प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम गर्दै

वीरगन्ज,११असारःवीरगन्जमा नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिले यहि असार १३ र १४ गते प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा वीरगन्जमा कांग्रेसले दुई दिने प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

कांग्रेस मधेस प्रदेश कार्यसमिति बैठकले प्रदेशभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट कम्तीमा १ महिलासहित ४ जना, प्रदेशसभा निर्वाचन क्षेत्र १ र २ बाट कम्तीमा १÷१ जना पर्ने गरी समावेशी सहभागिता गराउने निर्णय गरेको हो ।प्रशिक्षण कार्यक्रममा १५० जनाको सहभागिता गराउने निर्णय पनि बैठकले गरेको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
कांग्रेसका मध्स प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेश स्तरीय विभिन्न तहको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक भएर जान सक्नेहरूलाई प्रशिक्षण कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको गुप्ताले जानकारी दिए ।

दुई दिने प्रशिक्षणमा पार्टीका भातृ संगठनका जिल्ला प्रमुखहरूलाई अनिवार्य उपस्थित गराउन पार्टी केन्द्रले सर्कुलर गरेको भन्दै त्यो निर्णय कार्यान्वयनमा ल्याउने निर्णयसमेत भएको गुप्ताले बताए।साभारःरातोपाटी

Related posts

एमालेले भीम रावल र घनश्याम भुसाललाई दिएन टिकट

MadhesKhabar

देउवालाई कांग्रेस सांसद सुनिल शर्माको चेतावनी : बोल्न नदिए बिद्रोह गर्छु

MadhesKhabar

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने काँग्रेस जिल्ला सभापतिहरुले बुझाए देउवालाइ ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment