Madhes Khabar
कृषि

सखुवा प्रसौनीमा किसानहरुलाई दिइयो तरकारी खेतीको एक हप्ते तालिम

वीरगन्ज,१०असारःपर्साको सखुवाप्रसौनी गाउँपालिका–१ मा तरकारी खेतीमा आधारित उद्यमी(किसान)हरूका लागि तरकारी खेती सम्बन्धि एक हप्ते तालिम सम्पन्न भएको छ ।जेठ ३० गतेदेखि सुरु भएको तालिम आइतबार सकिएको हो ।

गाँउपालिकाको उद्यम विकास शाखा अन्तर्गतको लघु उद्यम विकास कायक्रम अन्तर्गत आयोजित तालिममा सहभागीहरुलाई व्यावहारिक तथा प्राविधिक ज्ञानसम्बन्धि जानकारी गगराइएको थियाो ।

वडाध्यक्ष बासुदेव महत्तो थारुको अध्यक्षतामा सम्पन्न तालिमको समापन समारोहमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद यादवले जानकारी दिए ।

तालिममा सहभागीहरुलाई कृषि शाखाकी प्रमुख प्रिया साह तेल, नायब प्राविधिक सहायक दयाराम वाग्ले, मुकेश प्रसाद कुर्मी र कृपासिन्दु गौरोले प्रशिक्षण दिएको उद्यम विकास सहजकर्ता भूपेन्द्र सिंह धामीले जानकारी दिए ।

 

Related posts

जगरनाथपुरमा किसानका लागि ८० लाखको लागतमा कोल्ड स्टोर बन्दै,अध्यक्ष यादवले गरे शिलान्यास

MadhesKhabar

वीरगन्जवासीका लागि खुशीको खबर : कृषि औजार कारखाना सन्चालनको प्रक्रिया सुरु

MadhesKhabar

पर्याप्त वर्षा नहुदाँ पर्सामा १३ प्रतिशत मात्रै राेपाइँ

MadhesKhabar

Leave a Comment