Madhes Khabar
कृषि हेडलाइन

जगरनाथपुरमा किसानका लागि ८० लाखको लागतमा कोल्ड स्टोर बन्दै,अध्यक्ष यादवले गरे शिलान्यास

वीरगन्ज,१८माघः पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मधुवाहामा किसानका उत्पादन भण्डारण गरेर राख्नका लागि सुविधासम्पन्न कोल्ड स्टोर निर्माण गर्न थालिएको छ ।मधुवाहा टोलमा करिब ८० लाख रुपैयाँको लागतमा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो ।

शुक्रबार जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले हिन्दु धार्मिक रितिरिवाज अनुसार प्रजापाठ गरेर कोल्ड स्टोर भवनको शिलान्यास गरेका छन् ।

राष्ट्रिय योजना आयोगमार्फत संघीय सरकारबाट प्राप्त ७९ लाख ३६ हजार रुपैयाँको लागतमा कोल्डस्टोर भवन निर्माण गर्न लागिएको गाँउपालिका अध्यक्ष यादवले बताए । उनका अनुसार, ७७ फिट लम्बाई र ४० फिट चौडाई रहने कोल्ड स्टोर भवनको निर्माणको ठेक्का वीरगन्ज–१७ अलौंको विकास बिल्डर्स निर्माण कम्पनिले पाएको छ ।

निर्माण कार्य सुरु भएको मितिले ४ महिनाभित्र अर्थात आगामी जेष्ठ १५ भित्र भवन निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख रहेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

कोल्ड स्टोरको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले ठेकेदार कम्पनिलाई समय मै निर्माण कार्य पुरा गर्न निर्देशन दिए । कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएपछि पालिकाभरीकै किसानहरु लाभान्वित हुने उनले बताए ।

पालिकामा अहिले कोल्ड स्टोर नहुदाँ किसानले उत्पादन गरेका कृषि उपजहरु बजार भाउ कम हुदाँपनि सस्तोमै बिक्री गर्नु पर्ने बाध्यता रहेको , समयमा बजार पुरयाउन सनसक्दा कतिपय कृषि उपज बिग्रिएर खेर जाने गरेको गुनासो किसानबाट आएपछि संघीय सरकारलाई आग्रह गरेर अहिले निर्माण गर्न थालिएको अध्यक्ष यादवले बताए ।

शिलान्यास कार्याक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय, जगरनाथपुर गाउँपालिका–३ का वडाध्ध्यक्ष सुबाष यादव, वडा नम्बर ५ का वडाध्यक्ष बिहारी महतो नुनिया, गाउँपालिका अध्यक्ष यादवका स्वकीय सचिव मन्जय गिरी लगायतकोपनि सहभागीता थियो ।

 

 

Related posts

वीरगन्जको भाटभटेनीमा भेटियाे म्याद गुज्रेका खाद्य सामग्री,तर जरिवाना भने ५ हजार मात्रै

MadhesKhabar

तेस्रो लिङ्गीको भेष धारण गरेर लागू औषधको तस्करी गर्ने युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

वीरगन्जमा कल सेन्टर खोलेर विदेशमा समेत अनलाइन ठगीको धन्दा चलाउने चिनियाँ गिरोह पक्राउ

MadhesKhabar

Leave a Comment