Madhes Khabar
कृषि हेडलाइन

जगरनाथपुरमा किसानका लागि ८० लाखको लागतमा कोल्ड स्टोर बन्दै,अध्यक्ष यादवले गरे शिलान्यास

वीरगन्ज,१८माघः पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मधुवाहामा किसानका उत्पादन भण्डारण गरेर राख्नका लागि सुविधासम्पन्न कोल्ड स्टोर निर्माण गर्न थालिएको छ ।मधुवाहा टोलमा करिब ८० लाख रुपैयाँको लागतमा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो ।

शुक्रबार जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले हिन्दु धार्मिक रितिरिवाज अनुसार प्रजापाठ गरेर कोल्ड स्टोर भवनको शिलान्यास गरेका छन् ।

राष्ट्रिय योजना आयोगमार्फत संघीय सरकारबाट प्राप्त ७९ लाख ३६ हजार रुपैयाँको लागतमा कोल्डस्टोर भवन निर्माण गर्न लागिएको गाँउपालिका अध्यक्ष यादवले बताए । उनका अनुसार, ७७ फिट लम्बाई र ४० फिट चौडाई रहने कोल्ड स्टोर भवनको निर्माणको ठेक्का वीरगन्ज–१७ अलौंको विकास बिल्डर्स निर्माण कम्पनिले पाएको छ ।

निर्माण कार्य सुरु भएको मितिले ४ महिनाभित्र अर्थात आगामी जेष्ठ १५ भित्र भवन निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख रहेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

कोल्ड स्टोरको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले ठेकेदार कम्पनिलाई समय मै निर्माण कार्य पुरा गर्न निर्देशन दिए । कोल्ड स्टोर निर्माण भई सञ्चालनमा आएपछि पालिकाभरीकै किसानहरु लाभान्वित हुने उनले बताए ।

पालिकामा अहिले कोल्ड स्टोर नहुदाँ किसानले उत्पादन गरेका कृषि उपजहरु बजार भाउ कम हुदाँपनि सस्तोमै बिक्री गर्नु पर्ने बाध्यता रहेको , समयमा बजार पुरयाउन सनसक्दा कतिपय कृषि उपज बिग्रिएर खेर जाने गरेको गुनासो किसानबाट आएपछि संघीय सरकारलाई आग्रह गरेर अहिले निर्माण गर्न थालिएको अध्यक्ष यादवले बताए ।

शिलान्यास कार्याक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय, जगरनाथपुर गाउँपालिका–३ का वडाध्ध्यक्ष सुबाष यादव, वडा नम्बर ५ का वडाध्यक्ष बिहारी महतो नुनिया, गाउँपालिका अध्यक्ष यादवका स्वकीय सचिव मन्जय गिरी लगायतकोपनि सहभागीता थियो ।

 

 

Related posts

उद्योग व्यपारका समस्या समाधान गरिदिन नयाँ सरकारसंग वीरगन्जका उद्योगीहरुको गुहार

MadhesKhabar

पर्सामा स्वतन्त्र उम्मेदवारी दिएका जसपाका ७ नेता पार्टीबाट निष्काशन

MadhesKhabar

वीरगन्ज महानगरको नगरसभा असार ८ देखि १० सम्म

MadhesKhabar

Leave a Comment