वीरगन्ज,३०जेठःउच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरूका प्रमुख सुरक्षा अधिकृत (पिएसओ) तानिएका छन् ।
जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता पूर्वममन्त्री अफताब आलमलार्ई सफाई दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्व खुशी थारू र अर्जुन महर्जनमाथि बिहीबार दिउँसो नेकपा बहुमतका नेताकार्यकर्ताले मोसो प्रहार गरेका थिए । सुरक्षाकर्मीहरुको चुकका कारण उक्त घटना भएको भनेर चर्को आलोचना भइरहेका बेला ठःउच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका १३ जना न्यायाधीशहरूका पिएसओ फेरिएका हुन् ।
यस्तै, अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोली पनि तानिएको छ । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले न्यायाधीशहरूका १३ जना पिएसओ र सुरक्षामा खटिएका १० जना प्रहरी फिर्ता बोलाइएको बताए ।
प्रहरी नायब उपरीक्षक लम्सालले फिर्ता बोलाइएका न्यायाधीशहरूका लागि नयाँ पिएसओ पठाइएको र अदालतको सुरक्षामा १० जना खट्दै आएकोमा अब १५ जना नयाँ प्रहरी पठाइएको बताए ।तिवारी यादव/नयाँपत्रिका

