Madhes Khabar
समाचार

भारतबाट तस्करी गरि पर्सामा ल्याइएको साढे ७ हजार चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

वीरगन्ज,२४जेठःसशस्त्र प्रहरीले छिमेकी मुलुक भारतबाट तस्करी गरेर भित्र्याएको नेपालमा प्रतिबन्धित ७ हजार ५ सय वटा ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट सशस्त्र प्हरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टुन अर्थात् ७ हजार ५ सय वटा ब्रोइलर कुखुराको चल्ला बरामद गरेको हो ।

बरामद भएको चल्लालाई पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको र चल्ला तस्करीमा प्रयोग गरिएका मोटरसाइकल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।

 

Related posts

खानेपानी मन्त्री यादवले मन्त्रालयका सचिव बज्राचार्यसंग गरे १ वर्षको कार्यसम्पादन सम्झौता

MadhesKhabar

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

२२ जना सवार रहेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त

MadhesKhabar

Leave a Comment